Connect IPS
IME Life

उतारचढावका बीच १४ अंकले बढ्यो नेप्से, नेपाल लाइफको मात्रै ४० करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से १४ दशमलव ३७ अंकले बढेर १,५०९ दशमलव ६७ को विन्दुमा कायम भएको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २ दशमलव ५४ प्रतिशतले बढेको छ ।

आज शेयर कारोबार केही बेर बन्द भएको थियो । ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएर १२ बजेर ४१ मिनेटदेखि १ बजेर ३५ मिनेटसम्म शेयर कारोबार ठप्प भएपछि नेप्सेले कारोबार समय ५५ मिनेट थपेको गरको हो ।

Prabhu
Crest

आज १ सय ८१ कम्पनीको ८२ लाख ११ हजार २ सय ८९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड १६ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै ४० करोडमाथिको कारोबार भएको छ । एनएमबि बैंकको २५ करोड माथिको कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको १८ करोडमाथि, नबिल बैंकको १२ करोडमाथि, हिमलयन डिस्टीलरीको १४ करोडमाथिको कारोबार भएको छ । आज मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् भने स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS