काठमाडौं । अटोमोबाईल्सको सामान जस्तै ग्रिज पोतेर ६ किलो सुन तस्करी गर्दै गरेको अवस्थामा हेटौडाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट बीरगन्ज जाँदै गरेका भारतीय नागरिक अब्दुल मजिज अनेकलाई मकवानपुर प्रहरीले हेटौडास्थित रातोमाटेबाट पक्राउ परेको जनाएको छ ।
गएराति सो परिणाममा सुन पक्राउ गरेको हेटौडास्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको रातोमाटेमा चेकजाँच गर्दा माला बनाएर लैजाने गरेको सुन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अटोमेकानिक्स भन्दै फलामका सामान बोकेका ति व्यक्तिको व्यवहार शंकास्पद लागेपछि चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । पक्राउ गरिएको व्यक्ति र सुन पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।