IME Life

अमेरिकामा छ जनाको मृत्यु, कोरियाद्वारा युद्धको घोषणा, कोरोनाको आतंक विश्वभर फैलदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राण घातक कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या छ जना पुगेको छ । विश्वकै प्रविधियुक्त देश भनेर दावी गर्ने अमेरिकामै मानिसहरु कोरोनाबाट असुरक्षित भएपछि विश्वभर कोरोनाको नयाँ आतंक फैलिन पुगेको छ ।

युरोप र अमेरिकामा समेत कोरोना भाइरसले बितण्डा मच्चाउन थालेपछि विश्व स्वास्थ्य संगठनले कोरोनाबाट विश्वको कुनै पनि ठाउँ सुरक्षित नभएको घोषणा गरेको छ । अमेरिका तथा युरोपका कैयौं शहरहरुलाई लकडाउन गरिएको छ भने दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन थालेको छ ।

Prabhu
Crest

उता, दक्षिण कोरियाले कोरोना भाइरसका विरुद्धमा युद्ध घोषणा गरेको छ । दक्षिण कोरियामा संक्रमितको संख्या पाँच हजार नाघेको छ भने मृत्यु हुनेको संख्या तीन दर्जन नजिकै छ । दक्षिण कोरियाले धेरै शहरहरु लकडाउन गरिसकेको छ भने सफाई तथा औषधी छर्कने काम तीव्र पारिएको छ । दक्षिण कोरियाले युद्ध घोषणा गरे लगत्तै उत्तर कोरियाले पनि देशलाई लकडाउनको घोषणा गरेको छ ।

उता, अष्ट्रेलियाका प्रधानमन्त्रीले आम सर्वसाधारणलाई लाइन लागेर डिपार्टमेन्टल स्टोरको सामान भण्डारण नगर्न आग्रह गरेका छन् । पहिलो कोरोना भाइरस भेटिएको भालिपल्टदेखि नै अष्ट्रेलियाको पसलहरुमा सामान अभाव हुन थालेपछि प्रधानमन्त्रीले नै यस्तो आग्रह गरेका हुन् ।

पछिल्लो पटक बुहानमा कोरोना भाइरसको उपचारमा संलग्न थप एक चिकित्सकको मृत्यु भएको छ । मंगलबार उनको वुहानस्थित अस्पतलामा निधन भएको चिनियाँ समाचार संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS