IME Life

चारैतिरबाट नेपाललाई घेर्दै कोरोना, देशलाई लकडाउन गर्दै सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुरुमा चीनमा मात्रै देखिएको कोरोना भाईरस विस्तारै एसिया तथा अमेरिकामा बितण्डा मच्चाउन थालेपछि नेपाल सरकारले देशलाई लकडाउन गर्न थालेको छ । नेपालसँग प्रत्यक्ष सम्पर्क रहेको थाईल्याण्ड तथा छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा कोरोनाका बिरामी भेटिएपछि सरकारले देशलाई लकडाउन गर्ने प्रक्रिया सुरु गरेको छ ।

चीनसँग सीमा जोडिएको भएपनि स्थलगत भन्दा हवाई नाकाबाट बढि आवात जावत हुने चीनबाट नेपालतर्फ कोरोना भाइरस सर्ने सम्मावना न्यून भएपनि छिमेकी मुलुक भारत, धेरै नेपालीहरु भएको देश दक्षिण कोरिया, कतार, धेरै हवाई सम्पर्क रहेको मलेसिया तथा थाईल्याण्डबाट नेपाल भित्रिने जोखिम बढेको छ । नेपाललाई विस्तारै कोरानाले घेर्दै लगेपछि सरकार पनि आवत जावतलाई कडा बनाउँदै लाने रणनीतिमा अघि बढेको देखिन्छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित देशहरु चीन, दक्षिण कोरिया, इरान, इटालीबाट आउने पर्यटकलाई अनअराईभल भिषा दिन बन्द गरिएको छ । त्यस्तै आगामी मार्च १० देखि विमानस्थलमा रहेको हेल्थ डेस्कमा स्वास्थ्य रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको छ । अर्थात नेपाल आउन चाहने पर्यटकले सम्बन्धित देशमा स्वास्थ्य परिक्षण गरी सो को विवरण साथैमा लिएर यात्रा गर्नुपर्ने भएको छ ।

Prabhu
Crest

नेपाल सरकारले आफ्ना नागरिकलाई महत्वपूर्ण काम बाहेकमा विदेश नजान भनेको छ भने विदेशबाट नेपाल आउने पर्यटकलाई समेत आफू कोरोना मुक्त रहेको घोषणा गर्नुपर्ने व्यवस्था लागू गरेको छ । सीमा नाकामा कडाईसँगै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा थप विदेश जाने तथा नेपाल आउने यात्रुहरुलाई कडाई गरिएको छ ।

प्राणघातक रोग कोरोनाले विश्वभर आतंक मच्चाइरहेको छ । हालसम्म विश्वभर तीन हजारभन्दा बढिको ज्यान गइसकेको छ भने कोरोना रोग हो भनेर पत्ता लगाउने डाक्टरकै समेत ज्यान लिइसकेको छ । कोरोनाको नाम हाल कोभिड–१९ दिइएको छ । अमेरिकामा दुई दिनमा दुई जनाको मृत्यु भएपछि मुख्य शहर वासिङ्टनमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । त्यस्तै विरामीको उपचारमा संलग्न नर्सलाई घरबाट बाहिर ननिस्कन आदेश दिइएको छ ।

उता, सोमबार भारतको राजधानी नयाँदिल्लीमा एक जना कोरोना रोगी भेटिएपछि दिल्लीमा उच्च सतर्कता अपनाइएको छ । त्यस्तै तेलंगानामा समेत एक जना कोरोना रोगबाट संक्रमित फेला परेका छन् । उनीहरुको उपचार भएपनि उनीहरु कति ठाउँमा घुमे र कति ठाउँमा कोरोना फैलियो भन्ने एकिन भइसकेको छैन । कोरोनाका कारण विश्वभर हजारौं उडान रद्द भइरहेका छन् भने अन्तर्राष्ट्रिय यात्रुहरुको संख्यामा उल्लेख्य मात्रामा गिरावट आएको छ ।

उता, नेपालले कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउँदै ठूला भोजहरु आयोजना नगर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS