IME Life New

चीनबाट ल्याइएकाहरु खरिपाटी क्वारेन्टाईनबाट घर फर्किए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १४ दिनको क्वारेन्टाईन अवधी पूरा गरेपछि चीनको बुहानबाट उद्धार गरेर ल्याइएकाहरु घर फर्किर्एका छन् । अध्ययन तथा व्यापारको सिलसिलामा चीनको बुवहानमा रहेकाहरुलाई १४ दिन पहिले नेपाल एयरलाइन्सको वाईड बडी जहाज लगेर उद्धार गरिएको थियो । उनीहरुलाई भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा १४ दिनसम्म क्यारेन्टाईनमा राखिएको थियो ।

Esewa
Crest

उनीहरुको क्वारेन्टाईन अवधी पुरा भएपछि आजदेखि घर फर्केका हुन् । सो अवधीमा सबै जनाको नेगेटिभ रिपोर्ट आएपछि सरकारले घर जान दिएको हो । चीनको वुहान सबैभन्दा धेरै कोरोना फैलिएको क्षेत्र हो । सरकारले गत फागुन ४ गते १७५ जनालाई उद्धार गरी खरिपाटीमा पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS