काठमाडौं । तीन कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई बाँकी रहेको लाभांश लिनका लागि आग्रह गरेका छन ।
एक सूचना जारी गर्दै सगरमाथा इन्स्योरेन्स, आइसीएफ्सी र मेरो माइक्रोफाइनान्सले बाँकि रहेको लाभांश लिन आउन आग्रह गरेका हुन ।
मेरो माइक्रोफाइनान्स र आईसीएससी फाइनान्सले लाभांश लिन बाँकी शेयरधनीहरुलाई लाभांश पूँर्जा लिन र सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६९र७० को नगद लाभांश लिन बाँकी लगानीकर्ताहरुलाई सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
त्यस्तै, कम्पनीहरुले हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुलाई पनि शेयर डिम्याट गराएर बोनस लिन अनुरोध गरेको जनाएका छन् ।