काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार काठमाडौंस्थित शिक्षण अस्पतालमा अप्रेशन गरिने भएको छ । प्रत्यारोपण गरिएको मृगौला समेत फेल भएपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अप्रेशन गर्न लागिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २१ गतेदेखि अप्रेशन गरिने कुराको पुष्टि गरेका छन् ।
प्रम ओलीको मृगौला प्रत्यारोपण काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा नै गरिने भएको ेछ । प्रम ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।