Connect IPS
IME Life

अपि पावरको साधारण सभा चैत ७ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा चैत ७ गते गर्ने भएको छ । उक्त सभा कार्की बैंक्वेट, माईतीघर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest

सभाको विशेष प्रस्तावमा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर (कर बाहेक) वितरण गर्ने र आर्थिक वर्ष २०७४/७५ को चुक्ता पूँजीको १ बराबर शून्य दशमलव ४६७६५ का दरले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीले बोनस तथा हकप्रद शेयर निष्कासन पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ९०९६ (१ः०. ९०९६) का दरले हकप्रद शेयर निष्कासन गर्न स्वीकृति प्रदान गर्नेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरी अग्राधिकार शेयर सम्बन्धी व्यवस्था गर्ने, ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने र हकप्रद निष्कासनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने लगायतका विषयमा छलफल लगायतका एजेण्डा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS