IME Life

गुणस्तरहीन सिमेन्ट र रड बजारमा बिक्री, चार उद्योगमाथि कारवाही

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्माण सामग्रीहरु सिमेन्ट र डण्डीको गुणस्तर न्यून भएको पाइएपछि सरकारले कारवाही गरेको छ । चार वटा निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको छ भने अशोक स्टीलको अनुमति रद्द गरिदिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्ट, नेपाल शालिमार सिमेन्ट,एमजेप्पी सिमेन्टमाथि कारवाही गरेको छ भने अशोक स्टील्सको इजाजत पत्र नै रद्द गरेर कारवाही गरेको हो । विभागले गुणस्तरहीन निर्माण सामग्रीहरु रड र सिमेन्ट बजारमा बिक्री वितरण गरेको भेटिएपछि कारवाही गर्नु परेको जनाएको छ ।

Prabhu
Crest

बजार अनुगमनको क्रममा नेपाल शालिमार सिमेन्ट, रिलाइन्स, एमजेप्पी सिमेन्टको बलियोपना मापदण्ड अनुरुपको नभएको भन्दै उत्पादन स्थगन गरिएको जनाइएको छ । त्यसरी स्थगन गरिएका सिमेन्टहरुमा शालिमार पिपिसी सिमेन्ट, रिलाइन्सको डनलप पिएससी र एमजेप्पीको बुद्ध सिमन्ट रहेका छन् ।

उता, विभागले अशोक स्टील्सको फि ५०० टिमएमटी बार डण्डी परिक्षणको क्रममा गुणस्तर मापदण्ड अनुरुप नभएकोले सो ब्राण्डको डण्डीको इजाजत पत्र रद्द गरएको जनाएको छ । विभागकी निर्देशक किसु मानन्धरले उल्लेखित उद्योगहरुबाट उत्पादित निर्माण सामग्रीहरु नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसारको कारवाही प्रक्रिया अगाडि बढाइएको बिज्ञप्तिमार्फत जनाएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS