IME Life

अर्थमन्त्री डा. खतिवडा पदावधी थपिने, राष्ट्रियसभामा सिफारिस हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधी थपिने भएको छ । राष्ट्रियसभाको दुई वर्षे कार्यकाल फागुन २० गतेपछि सकिने हुँदा डा. खतिवडाले यही बीचमा बिदा लिने अनुमान गरिएको थियो । तर, डा. खतिवडाले दुई वर्षे कार्यकालमा निकालेको नतिजाले प्रधानमन्त्री ओलीको मन जित्न सफल भएपछि उनको पदावधी थप्ने तयारी सुरु भइसकेको बालुवाटार स्रोतले जनाएको छ ।

डा. खतिवडाले आफ्नो दुई वर्षे कार्यकालमा २० वर्षदेखिको व्यापार घाटाको बृद्धिदर घटाउन र निर्यातको बृृद्धिदर बढाउन सफल भएका छन् । यसबाहेक अन्य सूचांक समेत प्रभावकारी नतिजा देखिएपछि नयाँ अर्थमन्त्री नियुक्त गरेर जोखिम लिने पक्षमा प्रधानमन्त्री ओली नपुगेको बताइन्छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिने मनसाय रहेका कारण उनलाई पुनः राष्ट्रिय सभामा मनोनित गरेर अर्थमन्त्रीमा यथावत राख्न लागिएको जनाइएको छ ।

Prabhu
Crest

बालुवाटार स्रोतका अनुसार छिट्टै बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. खतिवडालाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरिनेछ । राष्ट्रियसभामा डा. खतिवडाको आगामी कार्यकाल छ वर्षको हुनेछ । यसअघि गोलाप्रथामा दुई वर्षको मात्रै कार्यकाल परेपछि फागुन २० गते विदा हुँदै थिए ।

अर्थमन्त्रीमा निरन्तरता दिने भएसँगै डा. खतिवडालाई बिहिवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ । बालुवाटार स्रोतका अनुसार डा. खतिवडाको म्याद थप हुने भएसँगै उनलाई सञ्चार मन्त्रालयको समेत जिम्मेवारी तोकिएको हो । ७० करोड भन्दा बढि भ्रष्टाचारमा डिल गरेको तथ्य सार्वजनिक भएसँगै सञ्चार मन्त्री बाँस्कोटाले हिजै पदबाट राजिनामा दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS