काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैंले निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई स-सम्मान रिहा गर्न आदेश दिएकाे छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेकाे अभियाेगमा सफाई दिँदै रिहा गर्न आदेश दिएकाे हाे ।
अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरा निर्दाेष सावित भएका छन् । श्रेष्ठले पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएकाेे बताए ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । सफाई पाएसँगै महरालाई रिहा गर्ने प्रक्रिया सुरू गरिएकाे छ ।