IME Life

१९ अंकले बढ्यो नप्से, झण्डै २ अर्बको कारोबार हुँदा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नप्से १९ दशमलव ३९ अंकले बढेर १,३६३ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन र निर्जीवन बीमा समुह बढेका छन् । निर्जीवन बीमा समुह ६ दशमलव ७२ प्रतिशतले बढेको छ भने जीवन बीमा समुह ५ दशमलव २२ अंकले बढेको छ ।

आज १ सय ७६ कम्पनीको ४१ लाख ५ हजार १ सय ३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको १८ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सिवम सिमेन्टको १३ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ९६ लाख, शिखर इन्स्योरेन्सको ६ करोड ७८ लाख, नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीको ५ करोडमाथिको कारोबार भएको छ ।

आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप, नेपाल हाइड्रो डेभलपर्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर, सगरमाथा इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

नविल ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नविल इक्यिुटी फण्ड, ग्रीण डेभलपमेन्ट बैंक, यूनिलिभर नेपाल लगायतका लगानीकर्ताले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS