IME Life

आधारभूत रुपमा बलियो बन्दै रिलायबल नेपाल लाईफ, जीवन बीमा कोष २१०% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

नयाँ लाइफ इन्स्योरेन्स मध्येको रिलायबल नेपाल लाईफले चालु आर्थिक वर्षको दोस्रो  त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ६० प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

 

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ करोड १२ लाख रुपैयाँ रहेको थियो । जीवन बीमा कोषलाई जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण कोषको रुपमा लिइन्छ ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २७  करोड ३४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । जगेडा कोष १०७ प्रतिशतले बढेको छ।

समिक्षा अवधिसम्म कम्पनीले १३ करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९२ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक मुनाफा आउँछ।

वार्षिक प्रति शेयर आम्दानी भने १८ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै किताबी मूल्य १४३ रुपैयाँ ९८ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS