काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपरान्ह बसेको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
वर्तमान आईजीपी सर्वेन्द्र खनालको पदावधी सकिएपछि सरकारले प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत डिआईजी ज्ञवालीलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान आईजीपी खनालसहित तीन एआईजी सहितका ब्याजी डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएपछि दोस्रो तहका डिआईजीबाट आईजीपीमा ज्ञवालीलाई चयन गरिएको हो ।
ज्ञवाली आगामी पाँच महिना आईजीपी पदमा रहेर काम गर्नेछन् ।