IME Life New

नविल बैंक खराव कर्जा बढ्यो, मुनाफा घट्यो, आत्तिनु पर्ने अवस्था नै हो र ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफूलाई देशकै एक नम्वरको बैंक दावी गर्ने नविल बैंकको छ महिनाको वित्तीय विवरण सार्वजनिक हुँदा यसका लगानीकर्ताहरुमा आशंका उत्पन्न हुन पुगेको छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकको मुनाफा घटेको र खराव कर्जा बढेको देखिएको छ । वित्तीय विवरण अनुसार बैंकले चालु आवको छ महिनामा गत आवको तुनालमा १३ करोड रुपैयाँ मुनाफा घटेर दुई अर्ब ४ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै बैंकको खराव कर्जा पनि बढेको छ । यसअघिको आर्थिक वर्षमा ०.६२ प्रतिशत रहेको बैंकको खराव कर्जा चालु आवको पुस मसान्त सम्ममा ०.७५ पुगेको छ ।

Esewa
Crest

समीक्षा अवधीमा बैंकले एक अर्ब ४५ करोड वितरण योग्य मुनाफा आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकले एक खर्ब ६४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब कर्जा लगानी गरेको छ । चालु आवको छ महिनामा बैंकले ब्याज आम्दानी बापत तीन अर्ब ४५ करोड रुपैयाँ सेवाग्राहीबाट असुल गरेको छ ।

चालु आवको वित्तीय सूचांक अनुसार नविल बैंकको खराब कर्जा ०.७५ प्रतिशत छ भने आधार ब्याज दर ८.१० प्रतिशत, कोषको लागत ६.०२ प्रतिशत रहँदा स्प्रेड दर भने ४.९९ प्रतिशत, सीडी रेसियो भने ७७.२८ प्रतिशत र प्रति सेयर आम्दानी ४५.३२ पैसा छ ।

वित्तीय विवरण अनुसार नविल बैंकका सिईओ तथा आफूलाई पायोनियर बैंकर भन्न रुचाउने अनिल केशरी शाहको कार्यशैलीमा सुधार जरुरी देखिएको छ । यदि दीर्घकालिन रणनीतिमा लम्केका कारण सूचांकहरु घटेको होइन, भने बैंकमा तत्काल सुधारको योजना ल्याउनुपर्ने देखिएको छ । अन्यथा नविल बैंक देशको नम्वर एकबाट तल झर्ने निश्चित देखिएको छ ।

बैंकको खराव कर्जाको बृद्धिदर सामान्य मात्रै देखिन्छ । ०.१५ प्रतिशत मात्रै बढेको देखिएपनि यो संकेत मात्रै पनि हुन सक्नेछ । त्यस्तै बैंकको ब्याज आम्दानी पनि १६ करोडले घटेको छ । बैंकको स्प्रेड दर २२ प्रतिशतले बृद्धि भई ४.९९ प्रतिशत पुग्दा पनि ब्याज आम्दानी घट्नुलाई सामान्य कारणको रुपमा मात्रै लिन सकिदैन । बैंकको कष्ट अफ फण्डको लागत पनि बढेको देखिएको छ । कष्ट अफ फण्डको लागतमा बृद्धि, खराव कर्जामा बृद्धि, स्प्रेड दरमा बृद्धि, ब्याजदरको बेस रेटमा बृद्धि, प्रतिशेयर आम्दानीमा उच्च गिरावट, सञ्चालन मुनाफामा आएको गिरावट जस्ता कुराले नविल बैंकको वित्तीय विवरणलाई परम्परागत शैलीमा अन्धभक्त विश्वास गर्न सकिने अवस्था नरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS