IME Life New

आजसम्म कायम शेयरधनीले सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम दिन रहेको छ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.३५८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बोनस शेयर वितरणपछि हाय कामय जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सञ्चालकहरुले विभिन्न खर्चबापत पाउने रकम वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय गाभ्ने, गाभिने र प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सोहीबमोजिम सबै काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS