IME Life New

सहकारी संस्थामा थप कडाइ, व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सहकारी संस्थाको कारोबारमा थप कडाइ गरेको छ। अब सहकारी संस्थामा व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने नियम लागू गरिएको हो।

सहकारी विभागले सहकारी संस्थाहरुको नाममा एउटा परिपत्र जारी गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरुलाई पनि वित्तीय संस्थाको रुपमा परिभाषित गरेअनुरुप सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१क. को व्यवस्थाबमोजिम व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न र नगराउन निर्देशन दिएको हा। त्यस्तो कारोवार भएको पाइएमा वित्तीय जानकारी इकाइमा प्रतिवेदन गर्न विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ।

Esewa
Crest

परिपत्रमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम १० मा ‘व्यावसायिक कारोबार तथा खातासम्बन्धी व्यवस्थाः कानुनी व्यक्ति वा कानुनी प्रवन्धले व्यावसायिक कारोवारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाताबाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानुनबमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने उल्लेख छ।

यसैगरी आयकर ऐन, २०५८ को दफा ८१क मा ‘व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइनेः कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमवाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने परिपत्रमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS