काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार हिजो बिहीबार ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज चार सय रुपियाँले बढेर प्रतितोला ७५ हजार छ सय रुपियाँ कायम भएको हो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ७५ हजार तीन सय रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ८१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ५६० रुपियाँ कायम गरेको छ ।
चाँदीको मूल्य प्रतितोला ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको महासंघले जनाएको छ ।