IME Life New

म्याग्दीका किसानलाई बाख्रापालन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुख्य कार्यालय भरतपुर, चितवन रहेको डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय सिंगा, म्याग्दीले यही माघ २१ गते संस्थामा आबद्ध समुह सदस्यहरुलाई एक दिने बाख्रा पालन आधारभुत तालिम दिइएको छ ।

परम्परागत कृषि प्रणलिको गरौ उन्मुलन, सुरु गरौ आजै देखि उन्नत बाख्रा पालन भन्ने उदेश्यका साथ संचालित उक्त कार्यक्रममा ६६ जना सहभागिहरु आधारभुत बाख्रा पालन तालिमबाट लाभान्वित भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेडका गण्डकी प्रदेश प्रमुख मधुसुदन हुमागाई, अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेल, शाखा प्रबन्धक हरीकुमार श्रेष्ठ,कर्मचारी नवराज दवाडी,साजना कार्कीको उपस्थिति रहेको थियो भने मुख्य प्रशिक्षक दीर्घ बहादुर खड्काको सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त एक दिने आधारभुत बाख्रा पालन तालिम कार्यक्रममा शाखा प्रबन्धकले शाखाले प्रदान गरेका बस्तु तथा सेवाको बारेमा जानकारी किसानलाई जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश प्रमुख मधुसुदन हुमागाईले संस्थाको स्थापना देखि हालसम्मको अवस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा जानकारी गराएका थिए । त्यस्तै अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलले बाख्रा पालनबाट लिन सकिने लाभका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मुख्य प्रशिक्षक दीर्घ बहादुर खड्काले बाख्राका जात, बनाइने खोर र खोरका मोडल, खुवाईने घाँस र बाख्रालाई लाग्न सक्ने रोग र त्यसको उपचारको बारेमा सहभागिहरुलाई एक दिनको तालिम दिएका थिए भने उक्त कार्यक्रमको सहजिकरण कर्मचारी नवराज दवाडी र साजना कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS