IME Life New

आइएमई लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नवनियुक्त भट्टले आइतबार सञ्चालक समिति समक्ष सीईओ पदको सपथ ग्रह्रण गरेका हुन् ।

करिब २० वर्ष अगाडी नेपाल इन्भेष्टमेन्ट बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक बनेका भट्ट तत्पश्चात भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समय ‘रेमिट टु नेपाल’ नेपाल नामको विप्रेषण कम्पनीको प्रमुख कार्यकारी रहेका भट्ट ज्योति बिकाश बैंक, शांग्रिला बिकाश बैंक लगायतका बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने कुरामा समेत चर्चामा रहेका थिए ।

Esewa
Crest

नयाँ लाइसेन्स पाउने ९ जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबै भन्दा पहिले कारोबार सुरु गरेको थियो, प्रमुख कार्यकारी अधिकृत बिहिन अवस्थामै कम्पनीले गत आर्थिक वर्ष ५२ करोड भन्दा बढीको पहिलो बीमा शुल्क आर्जन गर्न सफल भाएको थियो।

आइएमई लाईफ इन्स्योरेन्सको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS