Connect IPS
IME Life

दोस्रो त्रैमासमा सानिमा लाईफले गर्यो प्रगति, ७८ करोड कोषमा, ४१ करोड बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको सूचिमा निकै तल परेको सानिमा लाईफ इन्स्यारेन्सले यस आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।

सानिमा लाईफले दोस्रो आवको वित्तीय विवरण प्रकाशन गर्दै समीक्षा अवधीमा निकै राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ भने जीवन बीमा कोषको आकार समेत फराकिलो बनाएको छ ।

Prabhu
Crest

अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ६७ करोड आठ लाख ७२ हजार ४७६ रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा १४ करोड ३३ लाख १९ हजार ७४ रुपैयाँ मात्रै थियो । त्यस्तै जगेडा कोष र महाविपत्ति कोष सहित कोषमा कूल रकम ७८ करोड १४ लाख ३७ हजार ४३९ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सानिमा लाईफको कोषहरुमा जम्मा २५ करोड ८७ लाख ७० हजार ९७९ रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा भने धेरै देखिएको छैन । गत आवकै हारहारीमा मुनाफा देखिएको छ । समीक्षा अवधीको गत आवमा चार करोड ८९ लाख ८० हजार १७५ रुपैयाँ मुनाफा गरेको कम्पनीले यस आवमा चार करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छ । यद्यपि जीवन बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको गर्दा मुनाफा घटबढ हुने गर्दछ ।

कम्पनीले यस आवमा ४१ करोड ११ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ भने समीक्षा अवधीमा १० लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको बोनसदर प्रतिहजार ३५ रुपैयाँ देखि ६५ रुपैयाँसम्म रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS