IME Life New

प्रधानमन्त्री ओलीको मृगौला दोस्रो पटक प्रत्यारोपण गरिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरिएको मृगौला समेत फेल भएपछि दोस्रो पटक प्रत्यारोपण गर्ने भएका छन् । प्रधानमन्त्री ओली गत असोजदेखि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छोडेको थियो ।

सिंगापुरमा प्लाज्माथेरासिस गरेर उपचार गर्दा समेत निको भएपछि हेमोडायलासिसको माध्यमबाट उपचार गर्दै आएका प्रम ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको प्रम आफैले जानकारी दिएका छन् । मंगलबार बालुवाटारमा केही सम्पादकहरुलाई भेला पारेर प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेको भन्दै त्यसपछि पनि तीन वर्ष सरकार चलाउने योजना सुनाएको आज प्रकाशित सौर्य दैनिकमा उल्लेख छ ।

Crest

समाचार अनुसार प्रम ओलीको मृगौला दोस्रो पटक नेपालमै प्रत्यारोपण गर्ने तयारी गरिएको छ । कसको मृगौला प्रत्यारोपण गर्ने भन्ने खुलाइएको छैन । मृगौला प्रत्यारोपणका लागि उनका आफन्तले नै मृगौला दान गर्ने भएका छन् । काठमाडौंमा बीर अस्पताल वा शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथेरासिस तथा भास्कुलर ट्रान्सप्लान्ट मध्ये एक ठाउँमा हुनेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणको क्रममा लामो समय आराम गर्नुपर्ने भएकोले सो समयमा मुलुकको कार्यकारीको जिम्मेवारी कसलाई तोक्ने वा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पार्टीभित्रका आफ्ना कोर टिमसँग छलफल चलाईरहेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कामचलाउ प्रमको जिम्मेवारी दिएपनि उनले यति लगायतका विषयमा घोटाला गरेकाले पूर्ण रुपमा विश्वास गर्न नसकिने भन्दै प्रम ओलीले झलनाथ खनाललगायतका नेताहरुसँग छलफल गरेको जनाइएको छ । प्रम ओलीले माधव कुमार नेपाल तथा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेको जनाइएको छ ।

दोस्रो पटक गरिने प्रत्यारोपण केही जोखिम हुने भएकोले प्रम ओलीले पूर्व तयारीका साथ अस्पताल जान लागेको जनाइएको छ । प्रधानमन्त्री ओलीको पहिलो मृगौला प्रत्यारोपण १३ वर्षअघि भारतको एपोलो अस्प्तालमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS