IME Life New

रिलायन्स लाइफको कुल बीमा शुल्क आर्जन ६० करोडमाथि, यस्तो देखियो दोस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम १८२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा रिलायन्स लाइफको जीवन बीमा कोष ३९९ प्रतिशतले वृद्धि हुँदै ७७ करोड ५९ लाख पुगेको छ। जगेडा कोष पनि ३६ प्रतिशतले वृद्धि हुँदै १३ करोड ६२ लाख पुगेको छ।

Esewa
Crest

कम्पनीले ४ करोड ६५ लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ९३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैया ३४ पैसा छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेकोमा निकट भविष्यमा आईपिओ मार्फत कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छ। दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार १० लाख बराबरको दावी भुक्तानी हुन बाँकी छ।
यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS