SKIP THIS

National Insurance
IME Life

पाईलट बीना नै उड्यो एयरबसको जहाज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भविष्यमा चालकरहित जहाज उडाउने लक्ष्य राखेको युरोपेली जहाज निर्माता कम्पनी एयरबसले चालकरहित जहाज उडाएर देखाएको छ ।

एयरबसले नयाँ डिजाईन गरेको एएस–३५०–१००० मोडलको जहाज चालकबीना नै उडान भर्न सफल भएको छ । एयरबसले सार्वजनिक गरेको भिडियोमा दुईजना पाईलट ककपिटमा बसेर उडान भरेपनि उनीहरुले कुनै स्वीचहरु नचलाई जहाजले सकुशल उडान भरेको हो । गत डिसेम्वरको अन्तिम साता फ्रान्सको टौलुज विमानस्थलमा उडान भरेको हो ।

Prabhu
Crest

एयरबसले पाईलटरहित उडान भर्न सफल भएपछि हवाई उड्डयन क्षेत्रमा नयाँ आविस्कार सफल भएको रुपमा चर्चा गरिएको छ । सीएनएनका अनुसार जहाजले सफलतापूर्वक उडान भरेर अवतरण समेत गरेको थियो ।

यद्यपि गत वर्ष अमेरिकन जहाज कम्पनी बोईङको म्याक्स मोडलको जहाज सफ्टवेयरमा खरावीमा कारण दुई ठूला दुर्घटनापछि स्वचालित प्रणालीलाई यात्रुहरुले विश्वास गरिहाल्ने अवस्था भने छैन । हाल विश्वभरका विमानस्थलमा ‘चार आखाँ’ अर्थात कम्तीमा दुई जना पाईलट ककपिटमा हुनुपर्ने अनिवार्य गरिएको छ । व्यवसायिक उडानको लागि निर्माण गरिएको जहाजले परिक्षण उडानको क्रममा पाईलट बीना नै उडान भरेको भएपनि यसको व्यवहारिक प्रयोगमा आउन भने समय लाग्ने निश्चित छ । आईकाओको ककपिट सम्बन्धी नियम, बीमा सम्बन्धी नियम आदिमा मिलाउनुपर्ने हुँदा पाईलटबीना जहाजको उडान व्यवसायिक सुरुवात गर्न समय लाग्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS