IME Life

चीनभर फैलियो कोरोना भाईरस, विश्वभर सतर्क रहन राष्ट्र संघको अपिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चीनमा फैलिएको कोरोना भाइरस सिंगो चीनभरि नै फैलिएको दावी गरेका छन् । वुहान प्रान्तबाट फैलिएको झण्डै दुई साताभित्रैमा कोराना भाइरस सिंगो चीनभर फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन् । कोरोना भाइरसको फैलनेक्रम यति तीव्र रुपमा बढेको छ कि तीन दिनअघि तीन हजार रहेको संक्रमितको संख्या बुधबार साँझसम्म आठ हजार पुगिसकेको छ भने तीन दिनमा ४० जना मृतकको संख्या बढेर १७० नाघिसकेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न राष्ट्रपति सि जिनपिङले केन्द्रीय समितिको बैठक बोलाएर चिनियाँ जनमुक्ति सेनालाई सो भाइरसबाट जनतालाई सुरक्षित बनाउन निर्देशन दिइसकेका छन् । चीनले ४८ घण्टाभित्रैमा कोरोना भाइरसको उपचारको लागि अस्पताल नै बनाएर उपचार गरी कोरानो भाइरस विरुद्धमा राष्ट्रिय अभियान चलाउँदा समेत रोकथाम भएको विश्वका अन्य देशहरुमा फैलिएमा अवस्था के होला ? प्रश्न उब्जिएको छ ।

Prabhu
Crest

बीबीसीका अनुसार चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १७० पुगिसकेको छ भने झण्डै आठ हजारलाई यो रोगले समातिसकेको छ । कोरोना भाइरसको कारण चीनमा सार्वजनिक यातायात र कार्यालयहरु बन्द गरिएको छ भने कतिपय हवाई यातायात समेत स्थगित गरिएको छ ।

उता, संयुक्त राष्ट्रसंघले विश्वभर कोरानो भाइरस फैलिन सक्ने चेतावनी दिँदै सचेतना अपनाउन अपिल जारी गरेको छ । मानिसबाट मानिसमा सजिलै सर्ने कोरोना रोग जर्मनी, भियतनाम र जापानमा पनि विशाल रुपमा फैलिन सक्ने भन्दै संयुक्त राष्ट्र संघीय निकाय विश्व स्वास्थ्य संगठनले सचेत रहन चेतावनी दिएको छ ।

नेपाल, श्रीलंकासहित विश्वका १५ देशमा फैलिईसकेको कोरोना भाइरस विश्वभर चीनमा जसरी फैलिएमा लाखौं मानिसको ज्यान जाने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य एजेन्सीहरुले दिएका छन् । यद्यपि नेपालमा चीनबाट आएका एक जना नेपालीलाई संक्रमण देखिएपनि उनी निको भइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS