IME Life New

एभरेष्ट बैंक र सनराईज बैंकले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराईज बैंक र एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेका छन्। यसैसंगै दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्ने बैंकको संख्या ८ पुगेको छ।

Esewa
Crest

सनराईज बैंकको नाफा १९ प्रतिशतले बढ्यो 
सनराईज बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ९४ करोड ४३ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ७९ करोड २७ लाख खुद मुनाफा कमाएको थियो। सनराईज बैंकको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ०६ पैसा रहेको छ। सनराईज बैंकको खुद व्याज आम्दानी १९ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४ करोड पुगेको छ। साथै बैंकको संचालन मुनाफा १८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३४ करोड पुगेको छ।

एभरेष्ट बैंकको नाफा ६ प्रतिशतले बढ्यो 
एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ४२ करोड खुद मुनाफा कमाएको थियो।  बैंकको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैया ४८ पैसा रहेको छ।  बैंकको खुद व्याज आम्दानी ९ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९० करोड पुगेको छ। साथैसंचालन मुनाफा ६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १५ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS