IME Life New

नविकरण बीमा शुल्क आर्जनमा नेपाल लाइफको अग्रता कायमै, अन्यको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १८ वटा जीवन बीमा कम्पनीहरुले करिब ३१ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीमध्ये १८ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।नयाँ जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक बर्ष पूरा नभएको कारण नविकरण बीमाशुल्क आजर्न गरेको छैन ।

पुस मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कुल ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएका छन् । जसमध्ये प्रथम बीमाशुल्क मार्फत १५ अर्ब ३० करोड रुपैयाँ र नविकरण बीमाशुल्क मार्फत ३० अर्ब ९९ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ९ अर्ब ९५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

पुस मसान्तसम्ममा नेशनल लाइफले २ अर्ब ७१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ४७ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ४० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी, प्राइम लाइफले ९३ करोड रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सले ७७ करोड रुपैयाँ, सूर्या लाइफले ६९ करोड रुपैयाँ, गुराँस लाइफले ६८ करोड रुपैयाँ, ज्योति लाइफले २३ करोड रुपैयाँ, सन नेपाल लाइफले २२ करोडल रुपैयाँ, सिटिजन लाइफले २० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल लाइफले १८ करोड रुपैयाँ, आइएमई लाइफले १८ करोड रुपैयाँ, सानिमा लाइफले १२ करोड रुपैयाँ, प्रभु लाइफले १० करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS