IME Life New

यो साता १२ अंकले घट्यो नेप्से, अरु के भयो बजारमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा गिरावट आएको छ । गत साताको तुलनामा यो साता शेयर बजार १२ दशमलव ७७४७ अंकले घटेको हो । गत साता १३१०.२३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२९७.४७६३ अंकमा कायम भएको छ ।

यो साता दोस्रो बजारमा २ करोड ५१ लाख कित्ता शेयर खरिदविक्री हुँदा ८५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लोे साता दोस्रो बजारमा २ करोड ११ लाख ९७ हजार कित्ता शेयर खरिदविक्री हुँदा ६६ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

यो साता ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ८० करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ४८ करोड २७ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २६ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी नेपाल बैंकको २४ करोड ५४ लाख रुपैयाँ, हिमालप बैंकको प्रोमोटर शेयर २४ करोड ४६ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २४ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको २४ करोड १६ लाख रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो साता एउटा कम्पनीको मात्रै शेयर नेपाल स्टक एक्सचेञ्जमा कारोबारका लागि सूचिकृत भएको छ । प्रभु बैंकको १० लाख कित्ता डिबेञ्चर सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS