काठमाडौं । विहेको सिजन शुरु भएसँगै सुनका मुल्यमा उत्तरचढाव आएको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज थोरै वृद्धि भएको छ ।
आज शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा प्रतितोला २०० रुपैयाँले बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला २०० रुपैयाँले नै बढेर ७४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी यस दिन तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।