काठमाडौं । नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । टेलिभिजनले विभिन्न २५ तहका लागि १ सय २ जनाको माग गरेको जनाएको छ । नेपाल टेलिभिजनले वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायतका कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् भने डबल दस्तुरमा भने फागुन ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।