IME Life

काठमाडौं विमानस्थलमा थाईएयरको जहाज ओभरसूट, खराव मौसम मुख्य कारण

SPIL
NIC ASIA

काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै आज अधिकांश हवाई उडान प्रभावित भएका छन् । आन्तरिक उडानका अधिकांश उडान रद्द भएका छन् भने अन्तर्राष्ट्रिय उडान समेत जोखिमपूर्ण बनेको छ । केहीबेर अघि काठमाडौं विमानस्थलमा थाई एयरलाईन्सको जहाज ओभरसुट गरिको छ । अवतरणको क्रममा खराव मौसमका कारण थाईल्याण्डको बैंककबाट आएको बोईङ ७७७ जहाज धावनमार्गमा अवतरण हुनै लाग्दा जोखिम हुने देखिएपछि एयरट्राफिक कन्ट्रोलरले ओभरसूट गरेका हुन् ।

यसैबीच, दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाज तीन फन्को बाराको आकाशमाथि होल्ड भएर मात्रै अवतरण गर्न सफल भएको छ । खराव मौसमका कारण काठमाडौं विमानस्थलमा जहाजहरुको उडान र अवतरण जोखिमपूर्ण बन्दै गएको छ । जहाजहरु अवतरण हुन नसकी आकाशमा होल्ड हुँदा प्रति घण्टा लाखौं रुपैयाँ खर्च बढ्ने गर्दछ । हवाई जहाज, त्यसको चालक दलका सदस्य यात्रुको अर्बौ रुपैयाँको बीमा गरिएको हुन्छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS