IME Life New

खराव मौसमले मालिन्दो एयरलाइन्सको जहाजलाई काठमाडौंमा अवतरण गर्न समस्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पश्चिमी वायुका प्रभावसँगै काठमाडौंको मौसम खराव हुँदा जहाजहरु उडान र अवतरणमा समस्या परेको छ । मलेसियाको राजधानी क्वाललम्पुरबाट आएको मालिन्दो एयरलाइन्सको जहाजले काठमाडौंमा अवतरणको प्रयास गर्दा असफल भएपछि पुनः उडान भर्दै बारा माथिको आकाशमा पुगेर फन्को मारिरहेको छ ।

एमएक्सडी १८४ उडान नं बाट आएको जहाज १२ः३० मा काठमाडौंस्थित विमानस्थलमा अवतरण गर्नुपर्नेमा यो समाचार तयार गर्दासम्म अवतरण गरिसकेको छैन ।

Esewa
Crest

काठमाडौंमा अवतरण गर्ने प्रयास खराव मौषमका कारण असफल भएपछि जहाजले पुनः उचाई लिँदै धादिङ भएर मकवानपुर हुँदै बारा माथिको आकाशमा पुगेर फन्को मारेको छ । काठमाडौंस्थित विमानस्थल कार्यालयले मौषम खराव भएकाले अवतरण हुन नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS