IME Life

माघे संक्रान्ती मनाउन हिडेका दुई युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

जनकपुर । माघे संक्रान्ती मनाउन भन्दै मोटरसाईकलमा हुईकिएका दुई युवामा सवारी दुर्घटनामा मृत्यु भएको छ । हेलमेट समेत नलगाई विपरित दिशाबाट अपाचे मोटरसाईल कुदाएर हिडेका धनुषाका दुई युवा सवार ज१०प ३५३५ नम्बरको मोटरसाइकल मंगलबार साँझ स्थानीय विद्यालयको बसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

Prabhu
Crest

अत्याधिक गतिमा रहेको मोटरसाइकल दुर्घटनामा बसलाई प्वाल पारेर मोटरसाइकल नै भित्र छिरेको छ । ज १ क २८२ नम्बरको जनकपुर मल्टिपल कलेजको बससँग ठोकिएर भएको दुर्घटनामा धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९ पर्सा पकडियाका अकबर राइनका जेठा छोरा २० वर्षका मुबारक राइन र पछाडि बसेका युवक बिल्टु ठाकुरका एकमात्र छोरा २१ वर्षका सन्तोष ठाकुर छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि मृतकका आफन्तले बसलाई आगो लगाएर जलाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

दुई युवाहरु माघे सक्रान्ती मनाउने भन्दै मोटरसाइकल लिएर हिडेका थिए । माघे संक्रान्तिकै अघिल्लो दिन दुर्घटनामा ज्यान गएपछि परिवार शोकमा डुबेको छ । विद्यालयको बसमा समेत आगो लगाई क्षति पुगेकोले उक्त घटनाको बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS