काठमाडौं । थारु तथा मगर समुदायको साझा पर्व माघीको अवसरमा आगामी माघ १ गते सार्वजनिक विदा दिने सुदुरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ ।
सो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको जनाएको छ । सुदरपश्चिम अन्तर्गतका जिल्लाहरुमा पर्सी माघे संक्रान्तीमा विदा हुनेछ । यसअघि प्रदेश ५ सरकारले माघ १ गते विदा दिने निर्णय गरिसकेको छ ।