काठमाडौं । गत साता नेपालकै इतिहासमा महङगो भएको सुनको मुल्य यो साता भने घट्ने क्रम जारी नै छ । आज छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो आइतबार छापावाला सुनको भाउ ७५ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, तेजावी सुनको भाउ प्रतितोला २०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।