IME Life New

जीवन बीमा कम्पनीहरुमा यति धेरै चमक आउनुको कारण के ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी दिनमा जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने संकेतले गर्दा आज जीवन बीमा कम्पनीहरुको शेयरमा निकै नै धेरै चहलपहल देखिएको थियो। आज सर्वाधिक कारोवार हुने सुचीमा सबै भन्दा माथि नेपाल लाईफ लाईफ इन्स्योरेन्स थियो। नेपाल लाईफ इन्स्योरेन्सको १० करोड ६ लाख बराबरको शेयर खरिद बिक्री भएको थियो।

आज नेप्सेमा सुचिकृत सबै जीवन बीमा कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ। नेप्से परिसूचमा सामान्य वृद्धि देखिएपनि आज सबै भन्दा धेरै जीवन बीमा उपसुचकमा वृद्धि देखिएको छ। जीवन बीमा उपसुचकमा ४ दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ।

Esewa
Crest

कुनै पनि जीवन बीमा कम्पनीहरुले अहिलेसम्म पनि लाभांश प्रस्ताव नगरेकोमा अब निकट भविष्यमा जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने हल्लाले गर्दा आज ब्रोकर अफिसमा लगानीकर्ताको ध्यान जीवन बीमा कम्पनीतर्फ थियो।सबै भन्दा ठुलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्समा आज धेरै लगानीकर्ता आकर्षित भएका थिए।

त्यस्तै आज जीवन बीमा कम्पनी मध्य एसियन लाईफको शेयर मूल्य सर्वाधिक ५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ भने एलआईसी नेपालको शेयर मूल्य ५ दशमलव  २६ प्रतिशतले वृद्धि भएको छ।

नेपाल लाईफको बजार मूल्य ४ दशमलव ५९ प्रतिशतले वृद्धि हुँदा सबै भन्दा थोरै गुराँस लाईफको बजार मूल्य ३ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS