IME Life New

माछापुच्छ्रे बैंकमा १०१ जनाको लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: माछापुच्छ्रे बैंकले नयाँ शाखाका लागि उपत्यकाभित्र तथा बाहिर गरि १०१ जना कर्मचारी माग गरेको छ। बैंकले अनुभव भएका र नभएका व्यक्तिबाट आबेदन माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर देखि एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर माग गरिएको छ। यसका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा पनि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। अधिकतम ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत आवश्यक परेको छ। दुर्इ वर्ष कार्यानुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

Esewa
Crest

म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग भएको छ। स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। यसको लागि कार्यानुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ। यस पदको लागि ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन्। सहायक स्तरका ७० जना माग गरिएको छ। बैंकले बिबिए तथा बिबिएस गरेकालार्इ ट्रेनीको अवसर प्रदान गर्ने भएको छ। स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हासिल गरेका विद्यार्थीले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

आवेदन दिने म्याद भदौ ३१ गतेसम्म रहेको छ भने आवेदन अन लाइनबाटै दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS