IME Life New

मृत्युपछिसम्म परिवारलाई माया गर्ने एक माध्यम जीवन बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आफ्ना सन्तानको खुसीको लागि अभिभावकले कयौँ खुसीहरुलाई थाति राख्छन् । मनभरि रहेका कयौँ रहरहरुलाई मनभित्रै थुनेर राख्छन् । मन भित्रभित्रै मार्ने गर्दछन् । रहर, इच्छा र चाहानाहरुलाई मार्दै तिनै सन्तानलाई खुसी पार्न तत्पर रहन्छन् । प्राण भन्दाप्यारा सन्तानको सुन्दर भविष्यको कामनाको लागि हरपलका लागि परिरहन्छ ।

हरेक अभिभावको सपना हुन्छ आफ्ना सन्तानको सुन्दर भविष्य देख्ने । आफुले देखेको त्यहि सुन्दर भविष्यको लागि आफु खाई न खाई, जीवन नै जोखिममा राखेर सधै उनीहरुको सेवामा खटिन्छन् । आफु छउञ्जेल र काम गर्न सक्ने अवस्था रहेसम्म प्रत्येक अभिभावकले आफ्ना सन्तानको शिक्षा, दिक्षाका लागि समय खर्ची नै रहन्छन् । चाहे सुख होस्, चाहे दुख नै किन नहोस् । जस्तोसुकै अवस्थामा पनि परिवारको खुसीको लागि खटिरहन्छन् । आफुमा बल, बुद्धि र काम गर्न सक्ने क्षमताभएसम्म हरदिन परिवारको लागि समय दिई रहन्छन्, माया दिईरहन्छन् ।

Esewa
Crest

तर केही गरी तपाईलाई केही भयो भने ? हो यो सोच्न जरुरी हुन्छ । मानवीय जीवनमा कति बेला के जोखिमआई पर्ने हो के ग्यारेन्टी ? जति बेला, जुनसुकै बेलापनि जोखिमहरु देखापर्न सक्छन् नै । हो तपाई हामी पनि जोखिमबाट पक्कै पनि मुक्त छैनौँ । भोलि के हुन्छ त्यो त कोहि कसैले पनि देखेको हुँदैन ।

त्यसैले मृत्यु पश्चात पनि आफ्ना परिवारलाई माया गर्न चाहनु हुन्छ भने जीवनबीमा गर्नुहोस् । आफ्नो अभावमा पनि परिवारलाई माया गरी रहने एक भरपद्रो माध्यम जीवन बीमा हो । आज तपाईले गरेको जीवन बीमाले तपाईको अभावमा पनि परिवारले तपाई भएको महशुस गर्न सक्छन् ।

काम गर्न सकुञ्जेल, तपाई परिवारको साथमा रहुञ्जेल मात्रै हैन् म रहिन भने पनि मेरो अभाव परिवारमा नखट्कियोस् भन्ने चाहनु हुन्छ भने जीवन बीमा गर्नुहोस् । भविष्यमा पर्न गएको जोखिमलाई बीमाले हेर्छ, तपाईको परिवारमा पर्न गएको आर्थिक संकटसँग सामना गर्न सहयोग गर्दछ । तपाईको परिवारलाई तपाईको अभाव पश्चात अरु कसैले साहारा नदिए पनि बीमाले दिन्छ ।

मानिसको जीवनसँग सम्बन्धित जोखिमको बिरुद्ध गरिने बीमा जीवन बीमा हो । मानविय जीवनमा आपत विपत्त परेको अवस्थामा आर्थिक सहायता जीवन बीमाले दिने गर्दछ । जीवन बीमा कुनै व्यक्ति वा नीजको परिवारको आर्थिक सुरक्षाका लागि गरिने बीमा हो । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस थप गरी बीमा कम्पनीले बीमित भए बीमित वा बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई प्रदान गर्ने हुँदा जीवन बीमा मृत्यु पश्चात आफ्ना सन्तान तथा उत्तराधिकारीको हितका लागि समेत महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS