IME Life

जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा ३६ अर्ब ४८ करोड कर्जा प्रवाह

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ३६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७६।७७ को प्रथम त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ ।

पुराना बीमा कम्पनीहरुले प्रथम त्रैमासको अन्त्यसम्ममा ३५ अर्ब ६८ करोड रुपैयाँ बराबर बीमालेख धितो कर्जा प्रवाह गरेका छन्, भने नयाँ १० जीवन बीमा कम्पनीहरु मध्ये ९ वटा जीवन बीमा कम्पनीहरुले मात्र बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको बीमालेख धितोकर्जा प्रथम त्रैमासको वित्तिय विवरणमा देखाइएको छैन ।

Prabhu
Crest

नयाँ ९ जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासको अन्त्यसम्मा ७९ करोड ८६ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । गत बर्ष पनि यी तीन कम्पनीहरुको कर्जा प्रवाह अग्रस्थानमा रहेका थिए । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे कात्तिक मसान्तसम्ममा १४ अर्ब ६६ करोड २८ लाख ८१हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले १० अर्ब ९६ करोड ९१ लाख ९३ हजार रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले चार अर्ब २ करोड ५७ लाख ९६ हजार रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशियन लाईफ इन्स्योरेन्सले एक अर्ब ७२ करोड १२ लाख ११ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले एक अर्ब ४५ करोड ३० लाख ३४ हजार रुपैयाँ, प्राईम लाइफले ९९ करोड ९५ लाख ४० हजार रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ९१ करोड ७५ लाख ९६ हजार रुपैयाँ, सूर्या लाइफले इन्स्योेरेन्सले ५३ करोड ८८ लाख ८० हजार रुपैयाँ र गुराँस लाईफ इन्स्योरेन्सले ३९ करोड ३२ लाख ४७ हजार रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये युनियन लाईफ र सन नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले सबैभन्दा धेरै बीमालेख कर्जा प्रवाह गरेका छन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको अन्त्यसम्मा ४३ करोड ८९ लाख ६५ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले नौ करोड ७५ लाख ४६ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी महालक्ष्मी लाइफ इन्स्योरेन्सले कात्तिक मसान्तसम्ममा ७ करोड २२ लाख ३१ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्यारेन्सले ६ करोड ४१ लाख रुपैयाँ, सिटिजन लाईफ इन्स्यारेन्सले पाँच करोड ६२ लाख ८१ हजार रुपैयाँ र ज्योति लाईफ इन्स्यारेन्सले ३ करोड ५२ लाख १२ हजार रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सले ३ करोड ५ लाख रुपैयाँ, सानिमा लाइफले १९ लाख ५७ हजार रुपैयाँ र रिलायबल लाइफले १८ लाख रुपैयाँको बीमालेख धितोमा कर्जा प्रवाह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS