काठमाडौं । आज नेप्से दोहोरो अंकले बढेको छ । शेयर बजार नेप्से १० दशमलव ११ अंकले बढेर १,१६१ दशमलव ४७ अकमा कायम भएका छ । आज उत्पादनमुलक बाहेक सबै उपसुचक बढेका छन् ।
सबैभन्दा धेरै माइक्रोफाइनान्स ३ प्रतिशतले, निर्जीवन बीमा समुह २ दशमलव ६६ अंकले बढेको छ भने जीवन बीमा समुह १ दशमलव ४६ प्रतिशतले बढेको छ । आज माइक्रोफाइनान्स निर्जीवन बीमा समुह र जीवन बीमा समुहको शेयरमा लगानीकर्ताको चासो बढेको छ ।
आज दिनभरिमा १ सय ७३ कम्पनीको २० लाख ४३ हजार रुपैयाँको शेयर किनबेच हुँदा ५५ करोड १३ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको ६ करोड ४१ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंकको ३ करोडमाथि, लुम्बिनी विकास बैंक, एनएमबि बैंक र डिप्रोक्स लघुवित्तको २ करोडमाथिको कारोबार भएको छ ।
नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने यूनिलिभरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।