IME Life New

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असइमा नयाँ भर्ना खुल्यो, १५९ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । प्रहरी बलले प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि कर्मचारीको माग गरेको हो ।

प्रहरी निरीक्षकको लागि ३१ जना र सहायक निरीक्षकको लागि १२८ जनाका लागि विज्ञापन खुला गरेको हो जनाएको छ ।

Esewa
Crest

सहायक निरीक्षकको लागि प्लस टु, प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरि १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ। निरीक्षक पदका लागि दरखास्त दस्तुर एक हजार रूपैयाँ र सहायक निरीक्षक पदका लागि तीन सय रूपैयाँ भुक्तानी गर्नु पर्नेछ । प्रहरी निरीक्षकको लागि न्युनतम स्नातक उत्तीर्ण गरि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले प्रधान कार्यालय हलचोक, प्रदेश स्तरीय मूल्यांकन सुनसरी, वर्दिबास, मकवानपुर, पोखरा, कपिलवस्तु, सुर्खेत र कैलालीबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS