काठमाडौं । मंगलबार विहानै बाग्लुङमा एक यात्रुबाहक जीप दुर्घटना हुँदा दर्जनभन्दा बढिको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
गुल्मीको तम्घासबाट बाग्लुङको बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।
मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना ग१ज ५२१९ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक सहितका यात्रुहरुको मृत्यु भएको छ । घटनामा तीन जना घाइते छन् । प्रहरी निरिक्षक खड्काका अनुसार घट्नामा तीन जना जीवितै उद्धार गरी उपचारको पठाइएको छ ।
कूलपूजाको लागि हिडेको जीप दुर्घटनामा परेको प्रहरीको भनाई छ । सार्वजनिक यातायात दुर्घटनामा परेकाले घटनाको बीमा पर्ने देखिएको छ । यात्रु बीमा अन्तर्गत बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
















