IME Life New

कूलपूजा गर्न जाँदै गरेको जीप बाग्लुङमा दुर्घटना, १४ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार विहानै बाग्लुङमा एक यात्रुबाहक जीप दुर्घटना हुँदा दर्जनभन्दा बढिको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

गुल्मीको तम्घासबाट बाग्लुङको बुर्तिबाङ आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना ग१ज ५२१९ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक सहितका यात्रुहरुको मृत्यु भएको छ । घटनामा तीन जना घाइते छन् । प्रहरी निरिक्षक खड्काका अनुसार घट्नामा तीन जना जीवितै उद्धार गरी उपचारको पठाइएको छ ।

Esewa
Crest

कूलपूजाको लागि हिडेको जीप दुर्घटनामा परेको प्रहरीको भनाई छ । सार्वजनिक यातायात दुर्घटनामा परेकाले घटनाको बीमा पर्ने देखिएको छ । यात्रु बीमा अन्तर्गत बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS