IME Life New

चार महिनामा साढे सात अर्ब प्रथम बीमा शुल्क, युनियन र नेपाल लाईफको छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा सात अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्रथम बीमा शुल्कको आधारमा नयाँ कम्पनी युनियन लाईफले पुराना कम्पनीहरुलाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लिन सफल भएको छ ,भने नेपाल लाईफको लोभलाग्दो प्रगति जारी छ ।

Esewa
Crest

बीमा समितिको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले प्रथम बीमाशुल्क रकम सबैभन्दा धेरै संकलन गर्न सफल भएको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको देखिएको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोशन (एलआइसी) नेपाल रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ८६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, समितिकोे तथ्याङ्क अनुसार तेस्रो स्थानमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ५९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले कम्पनीले कात्तिक मसान्तसम्ममा ५७ करोड रुपैयाँ, मेट लाइफ इन्स्योरेन्स कम्पनीले ४३ करोड रुपैयाँ, रिलायवल लाइफले ३६ करोड रुपैयाँ, एशियन लाइफले ३३ करोड रुपैयाँ, सिटिजन लाइफले ३० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्राईम लाइफले २७ करोड रुपैयाँ, ज्योति लाइफले २५ करोड रुपैयाँ, सूर्या लाइफले २४ करोड रुपैयाँ, सन नेपाल लाइफले २० करोड रुपैयाँ, रिलायन्स लाइफले २१ करोड रुपैयाँ, गुराँस लाइफले १३ करोड रुपैयाँ, सानिमा लाइफले १३ करोड रुपैयाँ, प्रभु लाइफले ११ करोड रुपैयाँ र सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्ममा १२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थानले प्रथम बीमा शुल्कको विवरण समितिमा बुझाएको छैन ।

प्रथम बीमा शुल्कको आधार युनियन लाईफले उल्लेख्य प्रगति गर्न सफल भएको छ । स्थापनाको छोटो अवधीमा १६ वटा कम्पनीलाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS