IME Life New

जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा ८७% बृद्धि, अन्य वित्तीय सूचांक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आवको कात्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८२ लाख २३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरी ३० अर्ब भन्दा माथि बीमा प्रिमियम रकम संकलन गर्न सफल भएको छ ।

गत बर्षको सोही अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले ७० लाख २७ हजार ९ सय ९२ वटा बीमालेख बिक्री गरी १६ अर्ब भन्दा प्रिमियम रकम संकलन गर्न सफल भएको थियो । बीमा समितिको तथ्याङ्क अनुसार गतबर्ष भन्दा कम्पनीको प्रिमियम रकम ८७ दशमलव ५५ प्रतिशतले बढेको छ ।

Esewa
Crest

समितिका अनुसार कात्तिक महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल रहेको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा नौ अर्ब ५९ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।

त्यस्तै दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा चार अर्ब ६५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा चार अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले दुई खर्ब ४५ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै मेट लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्म एक अर्ब ३६ करोड रुपैया, एशीयन लाइफले एक अर्ब १९ करोड रुपैयाँ, युनियन लाइफको एक अर्ब ८ करोड, प्राइम लाइफले ९८ करोड रुपैयाँ, सूर्या लाइफले ९३ करोड रुपैयाँ, गुँरास लाइफले ५८ करोड रुपैयाँ, रिलायबल इन्स्योरेन्सले ५३ करोड रुपैयाँ, सिटिजन लाइफको ४५ करोड रुपैयाँ, ज्योति लाइफले ३८ करोड रुपैयाँ, सन नेपाल लाइफले ३३ करोड रुपैयाँ, रिलायन्स लाइफले ३२ करोड रुपैयाँ, सानिमा लाइफले १९ करोड रुपैयाँ, प्रभु लाइफले १७ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS