काठमाडौँ । दुग्ध विकास संस्थानले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थानले विभिन्न पदका लागि १२३ जना कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी सहायक स्तरमा ९० जना कर्मचारी र अधिकृतस्तरमा ३३ जना कर्मचारी माग गरेको छ ।
आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले मंसिर १९ गतेभित्र आवेदन दिने सक्नेछन् भने दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।