IME Life New

एनएलजी इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकममा देखियो गिरावट, कस्तो देखियो प्रथम त्रैमास ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड २५ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले ५ करोड १८ लाख  कमाएको थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३२ रुपैयाँ ८५ पैसा छ।

Crest

कम्पनीको जगेडा कोष ३५ प्रतिशतले वृद्धि हुँदै २२ करोड ४६ लाख पुगेको छ भने बीमा कोष ११ प्रतिशतले वृद्धि हुँदै ८१ करोड ८५ लाख पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम २ प्रतिशतले वृद्धि हुँदै ४४ करोड २१ लाख पुगेको छ भने कुल दावी भुक्तानी ६१  प्रतिशतले वृद्धि हुँदै ३३ करोड ५१ लाख पुगेको छ। त्यस्तै , खुद बीमा शुल्क आर्जन रकम ५ प्रतिशतले घट्दै २० करोड ८० लाख पुगेको छ।

कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम २१ प्रतिशले  वृद्धि  हुँदै ८२ करोड ४० लाख रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS