IME Life New

एलआईसी नेपालको बीमा शुल्क आर्जन ४४% ले बढ्दा, जीवन बीमा कोषमा ५७ अर्बमाथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ३६ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड ८८ लाख कमाएको थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४ रुपैया ७१ पैसा रहेको छ।  जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।

Crest

कम्पनीको जगेडा कोष २० प्रतिशतले घट्दै ४२  करोड २२ लाख रुपैया मात्र संचिति रहेको छ भने जीवन बीमा कोषमा २६ प्रतिशतको वृद्धि हुँदै ५७ अर्ब ८० करोड पुगेको छ।

कुल बीमा शुल्क आर्जन रकम ४४ प्रतिशत वृद्धि हुँदै ४ अर्ब २० करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ४४ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब १७ करोड पुगेको छ त्यस्तै खुद दावी भुक्तानी ४३ प्रतिशतले कम हुँदै ९५ करोड ८१ लाख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS