IME Life New

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा ठुलो संख्यामा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले व्यवस्थापकदेखि सहायक स्तरको पदमा ३८ जनाका लागि जागिर खुलाएको छ। सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनीले खुला प्रतिस्पर्धाबाट ९औं तहदेखि ४औं तहको लागि खुला तथा समावेशी समुहमा पदपुर्ति गर्ने भएको हो।

नवौं तहको व्यवस्थापक पदमा एक जना महिला र एक जना पुरुष माग गरेको छ। यसको लागि स्नातकोत्तर गरी संघठित संस्था वा अन्तराष्ट्रिय संघ संस्थामा अधिकृत स्तरमा ७ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।

Esewa
Crest

साथै ८औं तहको सह व्यवस्थापकमा ४ जना माग गरिएको छ। यस पदको लागि व्यवस्थापक जतिकै शैक्षिक योग्यताका साथै न्युनतम ५ वर्ष काम गरेको अनुभव हुनु पर्छ। ७औं तहको ब्यवस्थापकमा दुर्इ जना कर्मचारी माग गरिएको छ। यसको लागि तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनु पर्छ।

७औं तहकै नायव व्यवस्थापक पदका लागि एक जना चार्टर्ड एकाउण्टेड र एक जना कम्प्युटर इन्जिनियर माग गरिएको छ। कम्प्युटर इन्जिनियरको हकमा स्नातक गरि कम्तिमा ४ वर्षको कार्यानुभ हुनु पर्नेछ।

छैठौं तहको सहायक व्यवस्थापकको लागि १० जनाको विज्ञापन खुला गरिएको छ। यसको लागि तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। ५औं तहको सहायक ‘क’ पदको लागि ५ जना माग गरिएको छ। यसको लागि तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ। सहायक ‘ख’ पदको लागि ११ जना लेखा वा सुचना प्रविधिमा प्लस टु गरेको हुनु पर्छ। त्यस्तै यसै तहमा दुर्इ जना जेटिए प्राविधक माग गरिएको छ।

सहायक ‘ख’ स्तरमा नै एक जना पशु प्रविधिक र एक जना कृषि प्राविधिक माग गरिएको। अधिकृत स्तरको पदका लागि २१ देखि ३५ वर्ष समुहकाले आवदेन दिन सक्नेछन्। योग्यता पुगेका इच्छुक आवेदकले कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS