IME Life New

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अनेक टिप्पणी, नेपालमा २३ वर्षदेखि डायलासिस गर्दै बाँचेको यस्तो छ उदाहरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यसअघि मृगौला प्रत्यारोपण गरिसकेका ६७ बर्षिय प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौलामा समेत खराब भएको छ । यसअघि सिंगापुरमा गरिएको उपचार प्रभावकारी नभएपछि बुधबार र विहिबार दुई पटक डायलासिस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य बारेमा धेरै कोणबाट चासो र चिन्ता व्यक्त गरिदै आएको छ । सामाजिक सञ्जालमा अब आाराम गर्न दिनुपर्ने र राजनीतिक तथा देशको बोझ बोकाउन नहुने तर्कहरु समेत पोखिन थालेका छन् ।

प्रत्यारोपण गरिएको दोस्रो मृगौला समेत खरावी भएपछि अब अर्को पटक प्रत्यारोपण गर्ने वा डायलासिस गरिरहने भन्ने मोडमा आईपुगेको विभिन्न चिकित्सकहरुलाई उध्रित गर्दै सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Esewa
Crest

तर, बीबीसी नेपाली सेवामा  २३ वर्षसम्म डायलासिस गरेर बाँचेका एक नेपालीको भिडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भिर नरहेको बरु नियमित डायलासिस गरेर धेरै वर्ष बाँच्न सक्ने तथ्य उजागर भएको छ ।
काठमाडौंका राजु तुलाधर २०५७ सालदेखि नेपालमै नियमित डायलासिस गरेर स्वस्थ जीवन यापन गरिरहेका छन् । सातामा दुई पटक तालिका अनुसार आफूले डायलासिस गरेर नियमित काम गर्दै आएको तुलाधरले भिडियो सन्देशमा उल्लेख गरेका छन् । साथै उनले पैसा कमाएर छोरीलाई अष्टे«लिया पठाउन सफल भएको भिडियो बीबीसीले प्रशारण गरेको छ ।

तुलाधरले २३ वर्षदेखि सातामा दुई पटक डायलासिस गर्दै नियमित काम गर्दै आएका छन् भने प्रधानमन्त्री ओली पनि डालासिस गरेर नियमित काम गर्न सक्ने देखिएको छ । यद्यपि डायलासिस, दोस्रो पटकको प्रत्यारोपण र नियमित काम चिकित्सकको राय र सुझावमा हुने कुरा हो ।

मृगौला, कलेजो, मुटुलगायतका घातक रोगको महंगो उपचार खर्चको जोखिम बहनका लागि सबै जसो बीमा कम्पनीहरुले बीमा योजना सञ्चालन गरेका छन् । मृगौला रोगको उपचारमा सर्वसधारण जनताको पहुँच कठिन भएकाले क्यान्सर, कलेजो, मृगौला जस्ता घातक रोगको बीमा गराउने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS