IME Life New

हेटौडा इजलासले रवि लामिछानेमाथिको प्रतिबन्ध उल्टायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नै सहकर्मीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका सञ्चारकर्मी तथा न्यूज २४ टिभीद्वारा प्रशारित जनतासँग सिधा कुराका प्रस्तोता रवि लामिछानेमाथि चितवन जिल्ला अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध उच्च अदालत हटौडा इजलासले उल्टाई दिएको छ । आज सो भएको बहसपछि उनमाथि लगाइएको विदेभ भ्रमण गर्न नपाउने प्रतिबन्ध उल्टाई दिएको हो । पाटन उच्च अदालत अन्तर्गतको हेटौडा इजलासको आदेशसँगै रवि लामिछाने विश्वभर जाने पाउने भएका छन् ।हाल चितवन जिल्ला अदालतमा मद्दा चलिरहेकाले अन्य विषयमा भने जिल्ला अदालतको आदेश नै सदर गरेको जनाइएको छ । लामिछानेलाई चितवन जिल्ला अदालते गत भदौं ९ गते पाँच लाख धरौटीमा रिहा गरेको थियो । सो आदेशका विरुद्धमा लामिछाने पुनरावदेनका लागि पाटन उच्च अदालत अन्तर्गतको हेटौडा इजलासमा मुद्दा दायर गरेका थिए । सोही पुनरावेदन मुद्दामाथि आदेश जारी गर्दै हेटौडा इजलासले लामिछानेको विदेश भ्रमण फुकुवा गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS